आजदेखि सुरु हुन लागेको डीपीएल वर्षाले सर्‍यो, सोमबारदेखि हुने



धनगढी:  वर्षाले खेल मैदान भिजेपछि आज सुरु हुन लगेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत तेस्रो संस्करणका खेलहरु सोमबारदेखि हुने भएको छ । आयोजक, टीम म्यानेजर र कप्तानहहरुको शुक्रबार बसेको बैठकले सोमबारदेखि खेल सुरु गर्ने निर्णय गरेको हो। प्रतियोगिताको उद्‌घाटन भने आज नै हुने जनाइएको छ। फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जनाएको छ ।

फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुने छ । सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । राउण्ड रविनको आधारमा हुने खेलमा शिर्ष चार टोली प्ले अफ पुग्ने छन् । पहिलो प्ले अफ फागुण ८ गते हुने छ । तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर खेल फागुन ९ गते हुने छ ।  दोस्रो क्वालिफायर खेलमा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच फागुन १० गते हुने छ ।

विजेता टोली पहिलो क्वालिफायरको विजेतासँग फागुन ११ गते उपाधिको लागि भिड्ने छ । डसिएले शुक्रबारमात्र सहभागी ६ टोलीका कप्तानको सहभागितामा डिपिएलको ट्रफी सर्वाज्निक गरेको थियो । प्रतियोगिताका गुडविल एम्बेसेडर जोन्टी रोड्स र डिसिएका का अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरेका थिए । यसपटकको डिपिएल विजेताले ३० लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा कुल ६० लाख रुपैयाँ पुरस्कार राशी राखिएको छ ।

प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरले गोल्डस्टार सुनको जुत्ता पाउनेछन् । प्रत्येक खेलको नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कार पाउने बताइएको छ । डिपिएल ३ मा झन्डै ५ करोड खर्च हुने आयोजकको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्