नाट्यकर्मी महासंघ नेपालद्वारा नेपाली रङ्गकर्मीहरुलाई राहत वितरण



काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न विश्वभर यतिबेला ‘लकडाउन’मा छ । करिव एक महिनादेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । यसले नाट्यकर्ममा लागेका कलाकर्मीहरुको जीवनयापनमा पनि कठिनाइहरु ल्याएको छ ।

त्यसैले नाट्यकर्मी महासंघ नेपालले नेपाली रङ्गकर्मीहरुलाई राहत उपलब्ध गराएको छ । अहिलेसम्म सम्पर्कमा आएका विभिन्न समुह एवम् थिएटरमा आवद्ध तथा स्वतन्त्र नाट्यकर्मीहरुलाई राहत उपलब्ध गराइएको हो । महासंघले कतिपय नाट्यकर्मीहरुलाई आफैंले र कतिपयलाई अन्य संघसंस्था तथा वडा कार्यालयमार्फत राहत उपलब्ध गराइएको हो ।

केहि दिन अघि महासंघले मर्कामा परेका नाट्यकर्मीहरुलाई आफ्नो सम्पर्कमा आउन आह्वान गरेको थियो । लकडाउनको अवधि बढ्दै गएपछि नाट्यकर्मीहरु पनि मर्कामा परेको सूचना प्राप्त भएकोले महासंघले राहतको लागि पहल गरेको महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र रिमालले बताएका छन् । साथै उनले राहतलाई निरन्तरता दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्