कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई साढे २५ लाख धरौटीमा छाड्न आदेश



काठमाडौं : थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्