कक्षा १ देखि ९ सम्मको नतिजा तत्काल प्रकाशन गर्न निर्देशन



हेटौंडा : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने ब्यवस्था मिलाउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नजिता प्रकाशन पश्चात सामाजिक दुरी कायम गरेर उपयुक्त बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि विद्यालयहरुलाई मन्त्रालयले निर्देशन दिएको हो।

साथै बन्दाबन्दीको समयसम्म घरमै बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण निर्माणको लागि दुरशिक्षा कार्यक्रम, अनलाइन र अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी गराउन उनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्