अहिलेसम्म देशभर ५८ हजार ८ सय ७१ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन



काठमाडौं : देशभर अहिलेसम्म ५८ हजार ८ सय ७१ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत १२ हजार ११ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ४६ हजार ८ सय ६० वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको नमूना परीक्षण भएको छ।

प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले थप संक्रमित नभेटिएको बताउदै प्रवक्ता देवकोटाले अहिलेसम्म ५७ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको बताए । बाँकी ४१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको र संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन्।
मुलुकभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्