आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु



अछाम: अछाममा आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

उनका अनुसार उनलाई केहि समय पहिले कोरोना भाईरसको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिहिबार बिहान उनको निधन भएको हो ।

तर कोरोना भाईरसको आरडिटी परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको थियो । पिसिआर परिक्षणको रिपोर्ट भने आउन बाकी रहेको छ । उनको स्वाब संकलन गरेर सुर्खेत पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्