अब सरकारको काम गरे मात्र राहत पाइने



काठमाडौं : लकडाउनको मारमा परेका विपन्न तथा मजदुर परिवारले अब सरकारको काम गरे वापत्तमात्र राहत पाउने भएका छन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् । अर्थमन्त्री खतिडाका अनुसार अब काम नगर्नेहरुले काम गर्नेहरुले पाउने रातहको २५ प्रतिशत मात्र राहत पाउने छन् ।

दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने योजना अघि सारेको छ । यसरी काममा लगाउँदा दैनिक ज्याला वा नगद उपलब्ध गराइनेछ ।

स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गर्नेछ । ज्याला निर्धारण गर्दा स्थानीय तहले परिवारको लागत तयार गर्नेछ भने राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्