ब्राजिलमा एकै दिन ३९० को मृत्यु, ६ हजार बढी नयाँ संक्रमित थपिए



एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि तीव्र देखिएको छ । दुई दिन यता ब्राजिलमा कोरोनाको स‌ंक्रमण बढ्दो दरमा देखिएको हो ।

याे समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टाको तथ्यांक हर्ने हो भने अमेरिका र बेलायतपपछि ब्राजिलमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकैदिन २ हजार २ सय १ जनाले ज्यान गुमाए भने बेलायतमा ६७४ जनाको मृत्यु भएको छ । ब्राजिलमा पनि एकै दिन ३९० जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ९०१ पुगेको छ ।

ब्राजिलमा एकैदिन ६ हजार १९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार ३८० पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये ३५ हजार ९३५ जना उपचारपछि निको भएका छन् । ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ भने ४३ हजार ५४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्