आजको मौसम: देशभर बदली, केहि स्थानमा चट्याङसहित वर्षा हुने



काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको छ ।

देशको अधिकांश भू-भागमा बदली रहनुको साथै केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्