सञ्चारमाध्यमलाई प्रधानमन्त्रीको धम्की : परिस्थितिलाई बिथोल्न खोजे सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यकमहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन् ।

१ सय ३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्चालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार हुँदैन भन्दै धम्की पूर्ण भाषाको प्रयोग गरेका छन् ।

भिडियो सन्देशमा ओलीले–‘आज नेपालका केही सञ्चारमाध्यहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो ।’

‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’ मे दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री आलीले भनेका छन् ।

पछिल्लो समय नेपालको राजनीति तरंगित भएको छ । कारण हो प्रधानमन्त्री ओलीले ल्याएको दुई अध्यादेश । देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वार्थ पूरा गर्न र अर्काको पार्टी फुटाउने उद्देश्यका साथ ल्याएको अध्यादेशका कारण राजनीति अस्थिरता शुरु भयो । कोरोना महामारीका बेला त्यस्तो बेमौसमी अध्यादेश सञ्चारमाध्य वा समाजिक सञ्चालले ल्याएको नभइ प्रधानमन्त्री आफैले ल्याएका हुन्, जसलाई सरकारले दुई दिन वित्न नपाउँदै फिर्ता लियो ।

यता अध्यादेश फिर्था लिइसकेपछि पनि कोरोनाविरुद्ध केन्द्रीय हुनुपर्नेमा सरकार र सत्तारुढ नेकपाका नेताहरु अहिले पनि देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने खेलमा लागिरकेका छन् । तर, प्रधानमन्त्री ओलीले यसको आरोप सञ्चारमाध्यमको टाउँमा थोपरेका छन् ।

श्रमिक दिवसको बिहानीमा देशका अभिभावक प्रधानमन्त्रीबाटै धम्कीको भाषा प्रयोग हुनु आश्चयजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै यसले प्रश्नचिन्ह खडा गरिदिएको छ ।

देशमा सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना लगाउँदैछन् । अझ त्यो भन्दा अगाडि बढेर ‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्