जनकपुर-१४ मा गरिबका लागि तयारी खाना



जनकपुरधाम : कोरोना भाईरसको नियन्त्रणका लागि नेपाल विगत ३९ दिनदेखि लकडाउनको अवस्थामा छ ।

लकडाउनको सबैभन्दा बढि असर गरिब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुमाथि परेको कुरालाई नकार्न सकिन्न । उनीहरुको यस समस्यालाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा संघसंस्थाहरु तथा व्यक्तिहरुले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ मुजेलियामा गरिब तथा अति बिपन्न परिवारहरुलाई प्रत्येक दिन साँझ ६ बजेदेखि नि:शुल्क खाना बितरण भईरहेको छ ।

सो वडामा बस्ने गरिब तथा बिपन्न परिवारहरुलाई लकडाउनको शुरुवात भएसँगै दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिकहरुलाई हातमुख जोर्न समेत समस्या परेको यथार्थतालाई मध्यनजर गर्दै श्री राधा कृष्ण सर्वजानिक पुस्तकालय र श्री भैरव कल्याण समाज नेपालको संयुक्त आयोजनामा नि:शुल्क खाना बितरण सुरु गरिएको हो।

बैशाख १७ गतेदेखि सुरु गरिएको भोजन वितरणमा पहिलो दिन १ सय ५ गरिब,अति बिपन्न परिवारका ५ सय ५ जनाको लागि खाना वितरण गरिएको थियो भने दोस्रो दिन १ सय २५ परिवारका ७ सय ५ जनालाई तयारी खाना खुवाइएको छ । संघ सस्था, व्यापारी युवा तथा समाजिक अभियन्ता र किसानहरुको सहयोगमा बैशाख १७ गतेदेखि लकडाउन अवधिसम्म निरन्तर एक छाक साँझको खाना खुवाइने नि:शुल्क खाना वितरणका संयोजक शम्भु यादवले बताए ।

उनले यस अभियानमा सहयोग गर्ने इच्छुक दाताहरुलाई ९८५४०२२३३३ नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्