पाकिस्तानले ४ हजार आतंकवादीको नाम सूचीबाट हटायो



एजेन्सी– इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान सरकारले हालसालै आफ्नो निगरानी सुचीबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पहिचान गरेको आतंकबादीहरूसहित लगभग ४हजार आतंकवादीको नामहरू हटाएको छ ।

पाकिस्तान सरकारले झण्डै आधा आतंकवादीको नाम हटाएर उनीहरूको सम्पत्ति कब्जा हुनबाट बचाउन कोशिस गरिरहेको आरोप लागेको छ।

पाकिस्तान सरकारको सुची ७ हजार २ सय जना आन्तंकबादीहरु नाम थियो ।

यता सुरक्षा परिषदको अनुगमन समितिको भ्रमणरत टोलीलाई पाकिस्तानले भनेको छ कि संयुक्त राष्ट्र संघको प्यानलले अपर्याप्त जानकारी दिएकाले आफ्नो निगरानी सूचीमा सूचीकृत धेरै व्यक्तिविरूद्ध कारबाही गर्न पाकिस्तान असक्षम छ। सुरक्षा परिषदको को १ हजार २ सय ६७ जनाको सूचिमा १ सय ३० जना पाकिस्तानी आतंककारीहरूको नाम छ।

यद्यपि पाकिस्तानले सुचीमा भएको १९ जनालाई मात्र आतंककारी रहेको स्वीकार गरेको छ जसमा लश्कर–ए–तैयबा नेता हाफिज सईद पनि छन्। यसअघि पाकिस्तानले २०१३ देखि नै संयुक्त राष्ट्रसंघको रेकर्डमा उल्लेख गरिएको आन्तकबादी समूह लश्कर–ए–झांगवीका प्रमुख परिचालक कमाण्डर मतिउर रहमानलगायत छ जना आतंककारीहरूको नाम हटाउन अनुरोध गरेको थियो।

संयुक्त राष्ट्रसंघको अनुगमन टोली गत महिना नै पाकिस्तान आएको थियो । सरकारले सो टोलीलाई संयुक्त राष्ट्रले आतंकवादीहरुको जन्म मिति, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर, राहदानी नम्बर वा अन्य कुनै ठेगाना उपलब्ध नगराएकोले आतंकबादीहरुको नाम सुचीबाट हटाईएको बताएको छ । पाकिस्तानले यो बहानामा ती आतंकबादीहरुको नाम घेरलु सुचीबाट मात्र नभई संयुक्त राष्ट्रसंघको सुचीबाट पनि हटाउन खोजेको देखिन्छ । पाकिस्तानले आतंकबादीहरुलाई कारवाही गर्न पटक पटक प्रतिबध्ता जनाएपनि कार्यान्बयनमा भने खासै ध्यान दिने नगरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्