विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित, ५० प्रतिशत कामदारको रोजिरोटी खोसियो



काठमाडौं : आज १ सय ३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो वर्ष विश्वभर कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण कुनै औपचारिक कार्यक्रम नगरिने भएको छ ।

सन् १८८६ मा अमेरिका सिकागोमा ८ घण्टा काम, ८ घण्टा मोनोरञ्जन, ८ घण्टा आराम भन्ने नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेका वर्ष विश्वभर श्रमिक दिवस मनाइँदै आएको छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठक विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि अंग्रेजि वर्षको मे १ मा श्रमिक दिवस मनाउन थालिएको हो ।

संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा भब्य सहभागीता अनि श्रमसँग सम्बन्धीत तत्वहरुको सानीध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।

नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस नेपालमा पनि मनाउन थालिएको हो । विसं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका अवसरमा सरकार र विभिन्न राजनीतिक दलका नेताहरुले देशविदेशमा रहेका सम्पूर्ण श्रमजिवि वर्गमा शुभकामना व्यक्त गरेका छन् ।

देशका विभिन्न भागहरुबाट आफ्नो घर–घर फर्कने क्रममा अलपत्र परेका मजदुर र अन्य नागरिकलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन नेताहरुले सरकारलाई आग्रह गर्दै आएका छन् ।

यता संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन आइ एल ओ ले कोरोनाभाइरस महामारीले विश्वमा झण्डै ५० प्रतिशत कामदारको रोजिरोटी खोसिएको नयाँ तथ्यं सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण वा आंशिक रुपमा लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित भएका छन् । महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ ।

विश्वका ३ अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्दछन् । उनीहरुमध्ये एक अर्ब ६० करोडको जिविका कोरोनाले खोसेकाले भोकभोकै बस्नुपर्ने अवस्था आइपरेको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आर्य गर्ने अन्यमाध्यम नहुने भएकाले ती कामदार र तीनका आश्रीत परिवारले बाच्ने आधार गुमेको छ ।

रोजगारीमा परेको कोरोनाको प्रभाव दुर्गामी व्यापक र भयावह रहेको आइएलओले जनाएको छ । विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएकाले होल्सेल र रिटेल्ल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिसले काम गर्ने गर्छन् । त्यसैगरी निर्माण क्षेत्रमा ४६ करोड ३० लाख कामदार रहेका छन् । त्यस्तै यातायात र सञ्चार उद्योगमा काम गर्नेहरुको संख्या २० करोड ४० लाख रहेको छ ।

आइएलओले अनौपचारिक काम गर्ने कामदारलाई यो संकटले गरिबिमा थकल्न सक्ने खतरा औल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्