वडा अध्यक्षमाथि ४ राउण्ड गोली प्रहार



कपिलवस्तु: यशोधरा गाउँपालिका वडा नं.८ का वडा अध्यक्षमाथि गए राति गोली प्रहार भएको छ ।

वडा अध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् । करिब १ बजे वडा नं.८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका उनीमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

२ जना अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए । उनलाई प्रहार भएका कुनै पनि गोली नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको छ ।

स्थानीयवासीका अनुसार वडा अध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्