कोरोनाभाइरस चीनबाटै लिक भएको प्रमाण आफूसँग रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी



एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको प्रमाण आफूसँग रहेको दावी गरेका छन्।

ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीको लापारबाहिले गर्दा कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको ठोकुआ गरेका हुन् ।

बिहीबार आयोजीत पत्रकार सम्मेलनमा एक पत्रकारले उनले किन यति विश्वासका साथ चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ भनी गरेको प्रश्नको उतरमा ट्रम्पले आफुसंग सोको प्रमाण रहेको बताएका थिए ।

यद्दपी चीनले कोरोना भाइरस फैलाउने कार्य जानीजानी गरेको हो कि गल्तीले भयो भन्ने बारे अझै स्पष्ट नभएको उनले बताए । यसमा थप छानबिन भैरहेको उनले बताए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको साथ दिएको पनि आरोप लगाएका छन ।सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिले यस संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।

प्रतिक्रिया दिनुहोस्