एमालेदेखि आलोचकलाई पेल्ने ओली प्रवृत्ति नेकपा बन्दासम्म कायमै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा अध्यादेश ल्याएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु आक्रोशित भए । अध्यादेश प्रकरणपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टीभित्र प्रधामन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर चर्को विवाद भइरहेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा नै माग गरेका छन् ।

हिजो (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार घण्टा चलेको नेकपा सचिवालय बैकठमा नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैंको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, ओलीले नेकपा विवाद समाधान गर्न नयाँ ‘सशस्त्र’ प्रहार गरे । उनले कोरोना नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्याक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बैठकमा अघि सारे । त्यस्तै वरिष्ठ नेता नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ ।

प्रधानमन्त्रीको नयाँ प्रस्ताव आएपछि नेकपा विवादले फेरी नयाँ मोड लिएको छ । नयाँ प्रस्तावबारे छलफल गर्न पुनः वैशाख २० गते अर्थात शनिबार बैठक बोलाइएको छ ।

ओली र नेपालबीच देखिएको यो विवाद अहिलेदेखिको विवाद हैन । उनीबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।

तत्कालिन एमाले हुँदा देखिनै दुईबीच चिसिएको सम्बन्ध अहिलेसम्म कायमै छ । यसले गर्दा नेकपाभित्र पटक–पटक विवाद हुनेहुन्छ ।

यसको मुख्य कारण हो । आफ्नो विरोध गर्नेलाई सधैँ तल राख्ने र पक्षमा हुनेहरुलाई पटक–पटक मौका दिने–ओली प्रवृत्ति ।

यहिँ विगत सम्झेर नेपाल समूह अहिले पनि ओलीसँग सहझै मिल्न मानेका छैन । पार्टीमा ओलीले विरोधी कसरी पेलेर आफू निकटलाई अवसरै अवसर दिएका थिए ।

तत्कालिन नेकपाका अध्यक्ष ओलीतर्फ लागेपछि सात खत पनि माफि हुने । र आलोचना गर्नेलाई पेलेर तलै राख्ने प्रवृत्ति जबरजस्त विकास गरिएको थियो । यहिँ प्रवृत्तिका कारण ओलीका अगाडी पछाडि लाग्नेहरुले सधैँ नाम लिइरहने र विरोध गर्नेहरु पेलानमा परिरहे ।

जस्तै उदाहरणका लागि विद्यादेवी भण्डारी र अष्ट लक्ष्मि शाक्य ।

भण्डारी र शाक्यको राजनीतिक रुपमा तुलना गर्ने हो भने सबै हिसाबले भण्डारीभन्दा शाक्य अब्बल छन् । पार्टीमा मदन भण्डारीको पत्नि बाहेक कुनै ठूलो राजनीतिक योग्दान दिन नसकेकी भण्डारी राज्यको सर्वोच्च पद राष्ट्रपतिमा विराजमान छन् । त्यो पनि दुई पटकसम्म ।

अर्को तर्फ तत्कालिन एमालेका उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्री बन्न खोज्दा पनि पाइनन् । यहाँ योग्यता, क्षमता र राजनीतिक योगदान कुनै काम गरेन ।

यस्तै अर्को एउटा उदाहरण हो–ठाकुर गैरे र महेश बस्नेत । राजनीतिक योग्दान र क्षमताको हिसाबले गैरे बस्नेतभन्दा निकै माथिल्लो तहमा हुनुपर्ने व्यक्ति हुन् । तर, यहाँ पनि योग्दान र क्षमता काम लागने । तर, बस्नेतले भने मन्त्रिसहित बारम्बार मौका पाइरहेका छन् भने गैरे भने अहिलेसम्म सांसद समेत हुन पाएका छैन । कारण हो–ओली कित्तामा नहुनु र, ओलीको तीव्र आलोचना गर्नु ।

ओलीकै अगाडि पछाडि घुमिरहेका कारण आफूभन्दा वरिष्ठलाई उछिनेर विष्णु पौडेलले महासचिव पद नै प्राप्त गरे । गोकुल बाँस्कोटा सञ्चारमन्त्री बने भने युवराज खतिवडा दुई–दुई वटा मन्त्रालय चलाएर बसिरहेका छन् ।

यसैगरी सुभाषचन्द नेम्वाङ मन्त्री र लामो समयसम्म सभामुख समेत बने । राजनीतिक रुपमा निकै तल रहेका डोरमणि पौडेल प्रदेश ३ अर्थात बागमती प्रदेशको मुख्यमन्त्री पद हात लाग्यो । गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अध्यक्ष नै पड्काए ।

अर्को तिर पार्टीको उपल्लो स्तरका नेता भएपनि अमृत बोहोरा सांसदभन्दा माथि पुग्न सकेका छैन भने पार्टीको उपाध्यक्ष जितेका युवराज ज्ञवाली सबै ओली पेलानमा परिरहे । घनिष्ठ शेरधन राईलाई अघि सारेर वरिष्ठ भिम आर्चायलाई प्रदेश १ को मुख्यमन्त्री बन्न दिइएनन् ।

शेरबहादुर तामाङको जिब्रो चिप्लिदा मन्त्रिबाट दिन बाध्य पारियो । राम्रै काम गरिरहेका गोकर्ण विष्ट र लालबाबु पण्डितलाई सरकारबाट विना आधार हटाइयो । जबकि विवादै विवादले घेरिएका गोकुल बाँस्कोटा भने सधैँ प्रधानमन्त्री ओली दाहिने हात र प्रिय भइरहे ।

यी उदाहरणले स्पष्ट पार्छ कि पार्टीमा ओलीको समर्थन गर्नेहरुले कसरी राजनीतिको सिडी चड्दै गए न गर्नेहरु कसरी पाखा लगाइयो ।

पार्टी एकीकरणपछि पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर विरोधिलाई पाखा लगाउन अनेक अस्त्रशस्त्र प्रयोग गरिरहे ।

पार्टी एकीकरणपछि वरिष्ठ नेताको पदलाई लिएर झलनाथ खनाल र माधव कुमार नेपाललाई लडाउने प्रयास पनि भयो । एक जना महिलालाई मुख्यमन्त्री बन्न नदिन अनेक योजना रचियो ।

अहिले नेकपामा आन्तरिक विवाद चर्किरहँदा माधवकुमार नेपाललाई फकाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन् । तर, नेता नेपाल र उनलाई निरन्तर साथ दिनरहेकाहरु ओलीको पुरानो व्यवहार सम्झेर ओलीलाई विश्वास गर्ने पक्षमा छैनन् । आफू कर्नलमा परेपछि ओलीले अनेक आश्वासन र प्रलोभन देखाइरहेका छन् । तर, सधैँ हेपाइमा र पेलानमा परिरहेकाहरुले विगत सम्झिँदै विश्वास गर्न सकिने पक्षमा छैन ।

सम्भवतः ओली इतर समूहले विगतको बदला लिन यो अवसर उपयोग गर्न खोजीरहेका छन् भने यसमा पार्टी अध्यक्ष प्रचण्डले पनि पूर्ण समर्थन जनाइरहेका छन् । यदि नेपाल समूह अडानमै कायम रहने हो भने प्रधानमन्त्री ओलीमाथि झन संकट बढ्ने निश्चित छ ।

पछिल्लो विवादमा प्रधानमन्त्री ओलीले नेपाल समूहलाई फकाउने प्रयास गरिरहेपनि सहमति हुन सकेको छैन । आध्यादेश प्रकरणले पार्टीभित्र र बाहिर विवादमा परेका प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेप गौतमसँग पटक–पटक छलफल गरिरहेका थिए ।

विवाद उत्कर्षमा पुगेको बेला अचानक प्रधानमन्त्रीले सचिवालय बैठकमा राखेको प्रस्तावलाई सचिवालयकका कतिपय नेताले प्रचण्ड–नेपाल, गौतमलगायतको गठबन्धन भाँड्ने कोसिसको रुपमा बुझेका छन् । यद्यपि यसबारे थप निर्णय स्थायी कमिटी बैठकबाट हुने भएको छ । स्थायी कमिटीको बैठक २० गते बस्ने सचिवालय बैठकले तय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्