कोरोना अपडेटः विश्वभर २ लाख ३४ हजारको मृत्यु



एजेन्सी : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाको अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थितिका अनुसार विश्वभर कुल संक्रमितको संख्या ३३,१८,४५५, निको भएका १०,४८,४६७ र कूल मृत्यु भएकाको संख्या २,३४,२५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्