हिरो गोल्डकप फुटबलमा आज नेपाल र म्यानमार भिड्दै



काठमाडौं: भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै छ । उडिसाको भुवनेश्वरमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । वरियतामा आफूभन्दा माथि रहेको म्यानमारसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, इरान र म्यानमाररहेका छन् । भारतले आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै यो प्रतियोगिता गरेको हो । नेपालले दोस्रो खेलमा २८ गते आयोजक भारतको सामना गर्नेछ । फागुन १ गते इरानसँग खेल्नेछ । राउण्ड रोविन आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्