यस्तो छ तानाशाह शासक किम जोङ उनको मोजमस्ती र बिलासी जीवनशैली



एजेन्सी : पछिल्लो समय उत्तर कोरियाका शासक किम जोङ उनको स्वास्थ्यलाई लिएर विश्वभर ठुलै टिकाटिप्पणी रहेको छ । केही मिडियाका अनुसार उनी क्वारेनटाइनमा रहेका छन् ।

केही मिडियाले त उनको निधन भइसकेको समेत बताएका छन् । तर, केही गूप्तचर संगठनले भने उनी जीवित रहेको र स्वस्थ रहेको बताउँदै आइरहेका छन् ।

तर, उनी कुन अवस्थामा कहाँ छन् त्यसको भने हालसम्म पुष्टि हुन सकेको छैन । यहाँ सम्मकी पछिल्लो समय उनको उत्तराधिकारीलाई लिएर समेत चर्चा हुन थालेको छ ।

उनको जीवनशैली निकै रवाफपुर्ण रहेको बताइन्छ । उनीसँग बमबाट सुरक्षित रहने निटी जेट, लाखौँ पर्ने घडी, महँगा कार, आफ्नै द्वीप र २ हजार युवतीहरुको प्लेजर स्क्वाड रहेको छ ।

युरोपको एक न्युज बेवसाइटले उनीमाथि आरोप लगाउँदै भनेको छ, उत्तर कोरियाका मानिसहरुले कमाएको पैसामा उनले मोजमस्ती गर्दै आइरहेका छन् । उनी गरिबहरुको पैसामा रजाई गरिराखेका छन् ।

तीनहप्तादेखि उनको निधन भएको खबर बाहिर आइरहेको छ । उता अमेरिकाले भने उनी आफ्नो लक्जरी रेलमा बसेर वानसान द्वीप घुम्न गएका छन् । यो रिपोर्ट द सनले प्रकाशित गरेको हो ।

रिपोर्टका अनुसार किमसँग ६० हजार ५८७ करोड सम्पत्ति रहेको छ । उत्तर कोरियाका ६० प्रतिशत जनता गरिबीको रेखामा रहेका छन् । यहाँसम्मकी कैयौँ परिवारले दुई समयको खाना खान समेत पाउँदैनन् ।

उनीसँग १७ वटा यस्ता घरहरु रहेका छन् जुनलाई परमाणु हतियारले समेत बिनाश गर्न सक्देन । वानसान द्वीपमा ५०० मिटरको एयरस्ट्रिप समेत रहेको छ । उनीकै आफ्नै प्राइभेट स्टेडियम, सुटिंग सेन्टर, कम्प्लेक्स लगायत धेरै आलिशान कुराहरु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्