नेपाल लकडाउन हुँदा बिर्सिएको एक एजेण्डा ‘घरेलु हिंसा’



निशा झा

महिलाहरू माथि हुने लैङ्गिक हिंसा हरेक देशहरूमा गम्भीर समस्याको रुपमा रहेको छ। प्रत्येक महामारी आपतकालीन समय,द्वन्द आर्थिक संकट वा प्रकोपहरूको बखतमा घरेलु हिंसाका घटनाहरु बढ्ने गरेको कुरा सर्वविदितै छ। अहिले कोभिड–१९फैलिएको बेलामा बढिरहेको घरेलु हिंसा कुनै नौलो कुरा होइन् । यस सम्बन्धी विभिन्न देश्हरुबाट रिपोर्ट एवं समाचारहरु सार्वजनिक भइरहेको हामी पढिरहेका नै छौँ।

विश्वभर कोभिड–१९को संक्रमण बढिरहेको क्रमलाई अन्त्य गर्ने प्रयासमा हरेक देशहरुले लकडाउन लम्ब्याउदै गर्दा महामारीको आक्रमनबाट बच्नका लागि भइरहेको सामुहिक प्रयासहरुले महिलाहरुलाई थप जोखिममा पारेको छ।

चीनदेखि इटालीसम्म ,अमेरिकादेखि लन्डनसम्म , जर्मनीदेखि अस्ट्रेलियासम्म दुर्व्यवहारका घटनाहरु डरलाग्दो रुपमा बढिरहेका छन्। हिंसाको वृद्धिसंगै आफ्नो सुरक्षाका लागि राष्ट्रिय हेल्पलाइन सेन्टरमा आउने फोन कल र म्यासेजहरुको संख्या नि बढ्दो पाइएको छ। लकडाउनको अवधिमा भइरहेका घटनाका तथ्यांङ्कहरु त संयुक्त अधिराज्यको इतिहासमा बिगतको ११ वर्षमा सबैभन्दा धेरै र औसत दर भन्दाको दोब्बर संख्या हो।

यो क्रम एकदेशको मात्र नभई विश्वव्यापी रुपमा नै दोहोरिरहेको क्रम हो र यो भन्नु नि गलत हुने छैन कि महामारीको डरमा सिर्जित लकडाउनको बेलामा नेपालमा पनि घरेलु हिंसाले अवसरवादी संक्रमणको रुपमा काम गरिरहेको छ।

आफ्नै जीवनसाथी वा परिवार कै सदस्यले दुर्व्यवहार गर्दछ भने घरमा नै बसिरहनु पर्ने अहिलेको समयमा निस्सन्देह महिला समूह विरुद्ध शारीरिक र भावनात्मक हिंसा बढ़नेछ अनि उनीहरुको स्वास्थ्य एवं कल्याणका लागि विपत्ति जनक परिणाम सिर्जना गर्नेछ। तर के यो लकडाउन पछि अन्त्य हुने छ त ? लकडाउन समाप्तपछि भविष्यमा हुने आर्थिक संकटमा यो समस्या अझै व्याप्त हुने डर छ।

बढदो हिंसाका घटनाहरु र मदतका लागि हुने गुहारहरुको संख्या बाँकीका प्राय देशहरुमा त त्यस्तै छ तर नेपालमा दुर्भाग्यवश घरेलुहिंसा बढेता पनि भइरहेको दुर्व्यवहारको विरोधमा आवाज सुनिइएको छैन। आफुसँग भइरहेको ज्यादतीको विरोधमा आवाज उठाउनेहरुको संख्या एकदमै न्युन रहेको छ।

सांस्कृतिक, आर्थिक र धार्मिक कारणहरुले पुरुस प्रभुत्व र महिलालाई यति सशक्त रुप दिएको छ कि नेपाली समाजमा हुने घरेलु हिंसा र यसको विरोधमा नसल्किएको आगो एकदम सामान्य जस्तो लाग्दछ।

एकातिर हामी सबैजना मिलेर कोभिड–१९को महामारीको वक्र समतल गर्न आवश्यक कदमहरु चालिरहेका छौ भने अर्काेतिर घरेलु हिंसाको वक्र तीव्र रुपमा बढ्न नदिन पनि हामी सबै जनाले ध्यान राख्नु आवश्यक छ। महामारीको गोलाबाट बाहिर ननिस्केसम्म महिलाहरुको जीवनलाई बेवास्ता गर्न सकिँदैन। हिंसासँग जुधिरहेका महिलाहरुका निमित्त हेल्पलाइन, आश्रय र कानूनी सहायताको व्यवस्था गर्नु अत्यन्त महत्वपुर्ण रहेको छ।

An unremembered agenda while locking Nepal down: Domestic violence

Staying home is essential to prevent coronavirus spreading but is the home safe to stay with the abuser by side? Gender-based violence against women has found to be a serious problem in every countries.

Incidences of domestic violence rise during every disease outbreaks, emergencies, conflicts, economic crisis and disasters. The COVID-19 pandemic has been no different, with many articles and news on a surge in such occurrences from various countries.

As the lockdown of countries extends for longer periods in an effort to flatten the curve of COVID-19 spread, these mass efforts to save lives have put women more at risk. From China to Italy, United States of America to United Kingdom, Brazil to Germany, alarming rise in abuse can be already seen.

With the surge in violence, the calls and texts to a national domestic abuse helpline has been growing gradually too. The figures are the largest number of violence in a lockdown period for 11 years and double than the average rate in United Kingdom.

It is a pattern being repeated globally and it will not be wrong to say that the domestic abuse is acting like an opportunistic infection, growing in the conditions created by the pandemic in Nepal too. Confinement at home with an abusive partner will surely increase physical and emotional violence against women, with disastrous consequences for their health and well-being that will likely be greater during the economic crisis even after the lockdown ends.

The curve of domestic violence will be going to rise eventually in a rapid way. The pattern of growing abusive cases and calls for help is quite similar in all the countries but in Nepal, unfortunately even though the violence may be in spike, the abuse is remaining underreported. Women brave enough to complain about domestic violence represents only the tip of the iceberg.

Cultural, economic and religious factors reinforce male dominance and female subservience so thoroughly that neither the domestic violence nor the failure to complain about it are unusual in Nepal. As we take all the necessary steps to flatten the pandemic curve, we need to be equally keen-eyed to make sure that the curve of domestic violence does not rise exponentially.

Women’s lives can’t be put on hold till we emerge out of the pandemic. Helplines, shelters and legal assistance for victims of abuse is of utmost emergency.

प्रतिक्रिया दिनुहोस्