सहिद स्मृतिकप फुटबल फागुन १ गतेदेखि



रुपन्देही  : सहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पाेर्ट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो सहिद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताकाे सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए । 

उक्त प्रतियोगितामा विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५० हजार ५ सयसहित कप तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । उक्त प्रतियोगितामा १० समूह सहभागी भएको आयाेजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्