पाल्पा–बुटवल सडक चार दिन आंशिक बन्द



पाल्पा : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक चार दिनका लागि बन्द हुने भएको छ । सडकखण्डको चिडिया खोलादेखि दोभानसम्म आजदेखि आंशिकरुपमा सडक बन्द गरिने भएको हो । 

भौगर्भिक सर्वेक्षणका लागि तीन किलोमिटर सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले जानकारी दिए । स्विट्जरल्याण्ड सरकारको सहयोगमा सुरुङ निर्माण अध्ययनका लागि दुई महिनादेखि यस सडकको सर्वेक्षण गर्ने काम भइरहेको छ । 

माघ २६, २७ र २८ गते बिहान ९ बजेदेखि १० बजेसम्म, ११ बजेदेखि मध्यान्ह्न १२ बजेसम्म, दिउँसो २ बजेदेखि ३ बजेसम्म, ४ बजेदेखि ५ बजेसम्म आंशिक रुपमा सडक बन्द हुनेछ । माघ २९ गते बिहान ९ बजे देखि ९ः३० सम्म, १०ः३० देखि ११ बजेसम्म, मध्याह्न १२ बजेदेखि १२ः३० सम्म, दिउँसो २ः३० देखि ३ बजे र ४ बजेदेखि ४ः३० बजेसम्म सडक बन्द गरी सर्वेक्षण गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्