डीपीएलको उद्घाटन खेल सोमबारदेखि



कैलाली : धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको तेस्रो संस्करण शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्सलाई मुख्यमन्त्री भट्टले क्रिकेट ब्याट बल हस्तान्तरण गरी खेल उद्घाटन गरेका हुन् । 

 

शनिबारबाट सुरु हुने भनिएको प्रतियोगीता वर्षाको कारणले दुई दिन ढिलो सरेको हो । खेल फागुन ११ गतेसम्म चल्नेछ । फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुने छ । सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । 

 

विजेता टोली पहिलो क्वालिफायरको विजेतासँग फागुन ११ गते उपाधिको लागि भिड्ने छ । डिसिएले शुक्रबारमात्र सहभागी ६ टोलीका कप्तानको सहभागितामा डिपिएलको ट्रफी सार्वजनिक गरेको थियो । 

 

यसपटकको डिपिएल विजेताले ३० लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा कुल ६० लाख रुपैयाँ पुरस्कार राशी राखिएको छ । प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरले गोल्डस्टार सुनको जुत्ता पाउनेछन् । 

 

प्रत्येक खेलको नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कार पाउने बताइएको छ । डिपिएल ३ मा झन्डै ५ करोड खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्