प्रदेश प्रहरी ऐन अध्ययन समितिले मस्यौदा पेश गर्‍यो 



जनकपुरधाम : प्रदेश २ सरकारले ल्याएकाे प्रदेश प्रहरी ऐन अध्ययन गर्न बनेकाे विशेष समितिले प्रदेश सभामा अध्ययन मस्याैदा पेश गरेकाे छ । प्रदेश प्रहरी ऐन अध्ययन समितिका सभापति राजपाका सांसद सुरिता साहले विज्ञकाे सुझावलाई समेटेर तयार गरिएकाे मस्याैदा शनिबार प्रदेश सभामा पेश गरिएको हाे ।

 

 समितिलेे ५ पटक बैठकमा छलफल गरी मस्याैदा तयार गरिएकाे साहलेे बताए। प्रदेश प्रहरी सेवा एेन संशोधन समेटेर मस्याैदा तयार गरिएकाे सांसद साहले बताए । सुरक्षाकाे प्रत्याभूतिका लागि ऐन ल्याइकाे छ,' सांसद साहलेे भनेे, 'ऐनबारे बाहिर प्रचारप्रसार भए अनुसार छैन ।   

 

संविधान अनुसार नै ऐन तयार गरिएकाे छ । ' संविधानकाे धारा २६८ अनुसार प्रदेश प्रहरी संरचना तयार गरिएकाे र संघीय ऐनलाई कुनैपनि अवराेध नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्