बालिका बलात्कारको अभियोगमा दुई युवक पक्राउ



चितवन : पूर्वी चितवनमा १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

 

रत्ननगर नगरपालिका-७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाराको कोलही नगरपालिकाका ३० वर्षीय गंगा चौधरी र २२ वर्षीय अजय कुमारलाई पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीकाअनुसार दुबै मजदुरको काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्