वीरगन्जमा मेयरकप रनिङ्ग सिल्ड प्रतियोगीता र टि–२० क्रिकेट टुर्नामेन्ट हुने



वीरगन्ज : वीरगन्ज महानगर खेलकुद विकासको लागी महानगरस्तरिय मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता र मेयर कप टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गर्ने भएको छ ।

 

खेलकुदको विकासको लागि नगर प्रमुख बिजयकुमार सरावगीको अध्यक्षतामा बसेको खेलकुद विकास समितिले रनिङ्ग शिल्ड र टि—२० क्रिकेट प्रतियोगिता गराउन शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णको सयोजकत्वमा गठन गरेको दुबै समितिले सक्रियता पूर्वक प्रतियोगीता गराउन विभिन्न कार्यहरु सुरु गरेको छ ।

 

महानगरपालिकामा रहेका विद्यालयहरुका छात्र तथा छात्राहरुको खेलकुदलाई प्रोत्साहित गर्न मेयर कप रनिङ्ग शिल्ड प्रतियोगीता आयोजन गर्न लागीएको समितिका सचिव प्रकाश शर्माले बताए । 

 

महानगरपालिकामा रहेका सबै विद्यालयहरुको छात्र छात्राहरुलाई समाहित गराउँदै विभिन्न दौड, एथलेटीक्स तथा भलिबल प्रतियोगिता गराउन थालिएको सचिव शर्माले बताए । मेयर कप रनिङ्ग शिल्ड प्रतियोगीता आयोजक समितीको बैठकले प्रतियोगिता व्यवस्थापन, वित्तिय व्यवस्थापन तथा अनुगम र प्रतिवेद उपसमिति गठनसमेत गरेको छ । 

 

यसैगरी महानगरपालिकाले छिटै मेयर कप टि–२० क्रिकेट नक आउट टुर्नामेन्ट खेल प्रतियोगिताको आयोजना गर्न गइरहेको छ । शिक्षा प्रशासन महाशाखाका प्रमुख अरबिन्द लालकर्णको सयोजकत्वमा गठन गरिएको उक्त प्रतियोगीता समितिले आफ्नो कार्यलाई अगाडि बढाएको छ । 

 

महानगरपालिकामा रहेको ३२ वटै वडाहरुको टिमबीच क्रिकेट मैच खेलाउनुको साथै बिजयी तथा प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरुको महानगरस्तरिय क्रिकेट टिम निर्माण गरी युवाहरुलाई  प्रोत्साहित गरिने योजना रहेको शिक्षा महाशाखाका प्रमुख कर्णले बताए । 

 

प्रतिक्रिया दिनुहोस्