सिन्धुलीमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाई फायर



फाइल तस्बिर

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा प्रहरी र आरोपितपक्षका बीच दोहोरो झडप हुँदा दुईजना घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय सार्किमान मुक्तान र प्रहरी सहायक निरीक्षक दिपबहादुर अर्याल घाइते भएका छन् ।

 

एक घटनाका आरोपित व्यक्तिलाई प्रहरीले सोधपुछका लागि पक्राउ गर्दा उनका समर्थकहरुले इलाका प्रहरी कार्यालयमा घेराउ गरी ढुंगामुढा गर्दा प्रहरीले २० राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन् ।

 

स्थितिलाई भड्किन नदिन स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ । मरिण गाउँपालिका ६ धमिरेका स्थानीय सूर्य गोले गणेश गोले, दोर्जे गोले र शंकर गोलेबीच दुई दिनअघि विवाह भोजमा भएको भनाभनको विषयलाई लिएर शनिबार गणेश गोलेलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

प्रतिक्रिया दिनुहोस्