विश्वभर २४ घण्टामा कोरोनाबाट ५ हजार २०० को मृत्यु



एजेन्सी : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थितिको अनुसार विश्वभर कूल संक्रमित ३४,८१,३४९, निको भएका ११,२०,९०८ र कूल मृत्यु २,४४,६६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्