सबैभन्दा बढी निर्दयी र कठोर भएका कारण उत्तर कोरियाका उत्तराधिकारी छानिएका थिए किम



एजेन्सी : ब्र्याड्ली के मार्टिनले किम जोङ उनलाई उनका बुवाले उत्तराधिकारी छान्नुको कारण छोराहरूमध्ये उनी सबैभन्दा बढी निर्दयी र कठोर हुनु भएको बताएका छन् ।

उत्तराधिकारीको क्रममा त्यसपछि किम जोङ इलका माइला छोरा किम जोङ चल हुनुपर्थ्यो। तर उनीबारे कहिल्यै गम्भीरतापूर्वक नसोचेजस्तो देखिन्छ। बरु उनले कान्छा छोरा किम जोङ उनलाई नै सबैभन्दा उपयुक्त पात्र देखे।

मार्टिनका अनुसार किम जोङ उनलाई उनका बुवाले उत्तराधिकारी छान्नुको कारण छोराहरूमध्ये उनी सबैभन्दा बढी निर्दयी र कठोर हुनु हो।

अर्को शब्दमा भन्नुपर्दा उनमा उत्तराधिकारको कठोर सङ्घर्षबाट बँच्दै परिवारको बिँडो थाम्ने सम्भावना उच्च थियो।

उनले आफ्नो निर्मम चरित्र देखाउन थालिसकेका थिए। गोमीका अनुसार किम जङ(इलको निधनपछि किम जङ इल सत्तामा आउँदा उनका सौतेनी दाइ हताश देखिन्थे।

‘किम जङ इलको निधन भएपछि किम जङ नमले हठात् असुरक्षित भएको अनुभूति गर्न थाले। उनले भनेका थिए, ‘मैले अन्तिम पटक उनीसँग २०१२ को जनवरीमा सम्पर्क गरेको थिएँ। त्यतिखेर उनले मलाई मेरो भाइ र किमवंशले मविरुद्ध केही खतरनाक काम गर्नेछ ।’

मार्टिनलाई किम जङ अनले नै आफ्ना दाजुको हत्या गराएका हुन् भन्ने लाग्छ। उनको आफ्नै तर्क छ।

‘यो आफ्नै फुपाजुे च्याङ सङ थेइकको हत्यासँग पनि मेल खान्छ,’ उनले भने ।

‘च्याङलाई सत्तापलटको योजना बनाएको आरोप लगाइएको थियो। हामी पश्चिमी सञ्चारमाध्यमे ले त्यसलाई बेवास्ता गर्‍यौँ। त्यसपछि किम जङ अन आफ्नै दाजुलाई तारो बनाए।

हामीसँग त्यस्ता जानकारीहरू पनि छन् जसमा च्याङले चीन पुगेर भनेका थिए, ‘किम जङ अनबाट मुक्ति पाऔँ र किम जङ नमलाई भित्र्याऔँ ।’ किमलाई ‘मेरै फुपाजु र दाजु चिनियाँहरूसँग मिलेर मविरुद्ध षड्यन्त्र गर्दैछन् भन्ने लाग्यो। यसले केही सङ्केत दिन्छ।’

यो त केवल अनुमान हो। तर उनको निष्कर्ष भने अकाट्य छ।

‘अब उनको सत्तालाई कुनै खतरा छैन। उनका आन्तरिक चुनौतीहरू पाखा लागेका छन्।’

किम जङ अन अहिले सर्वोच्च नेताको रूपमा राज्य गर्छन्। तर आफ्नो सानो तथा विपन्न देशका लागि उनी के चाहन्छन् त ?

प्रतिक्रिया दिनुहोस्