एट्लेटिको म्याड्रिडलाई हराउँदै रियल म्याड्रिड दोस्रो स्थानमा



एजेन्सी : ला लिगाअन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । 

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलको १६ औं मिनेटमा रियलले क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । त्यसको ९ मिनेटमा नै एन्टोइन ग्रिज्मनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा रियलका कप्तान सर्जियो रामोसले गोल गरे । खेलको ७४ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टिमको जित सुनिश्चित गरे ‌। 

जितसँगै रियल लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । रियलले २३ खेलमा ४५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको एट्लेटिकोको समान खेलबाट ४४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्