कालिमाटी तरकारी बजारका ५१ स्टलको सम्झौता खारेज



काठमाडाैं । कृषि मन्त्रालयले कालिमाटी तरकारी तथा फलफूल बजारका ५१ वटा तरकारी स्टलको सम्झौता खारेज गरेको छ। कारोबारमा संलग्न नभई दोस्रो व्यक्तिलाई भाडामा लगाइएका स्टलहरू खारेज गरिएका हुन्। सोमबार स्टलको सम्झौता खारेज गर्ने निर्णय गरिएको मन्त्रालयका सह–सचिव तेजबहादुर सुवेदीले जानकारी दिए।

यसअघि मन्त्रालयले ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो।

केही समयअघि नै बजारको अनुगमन गरी मन्त्रालयले त्यहाँका स्टलको वर्गीकरणसमेत गरेको थियो। जसअन्तर्गत स्टलहरुलाई रातो, निलो, पहेंलो र सेतो गरी चार तहमा छुट्याइएकाे थियाे।

मन्त्रालयले रातो सूचीमा परेका ५१ स्टलको सम्झौता खारेज गरेको हो। मन्त्रालयले गरेको वर्गीकरणमा रातो सूची (खतरा) मा ९९, निलो (कम खतरा) मा १ सय ३१, पहेंलो (फाट्टफुट्ट नियम उल्लंघन गर्ने)मा २ सय ९ र सेतो (पूर्णरुपमा नियम पालना गर्ने) मा १ सय ५९ स्टल परेका थिए।

खारेज भएका स्टलहरूमा बजार क्षेत्रमा उपस्थित नहुने, कारोबारमा संलग्न नहुने, अन्य व्यक्तिलाई कारोबार गर्न दिएका, बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने, विदेशमा रहेको अवस्थामा अन्य व्यक्तिबाट कारोबार गरिरहेको र पसल भाडामा लगाएका लगायत छन्।

रातो सूचीमा परेका अन्य १६ वटालाई सुधार गर्ने सर्तमा सफाई दिइएको र अन्य २६ वटालाई सफाइ दिइएको मन्त्रालयले बताएको छ।


खारेजीमा परेका स्टलहरुकाे नामावली:

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ