३६० किलो चरेशसहित तीनजना पक्राउ



धादिङ  :  गजुरी प्रहरीले ३६० किलो चरेशसहित ३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोबाट खदिएको प्रहरी टोलीले भारतीय कन्टेनरबाट ठूलो मात्रामा चरेश बरामद गरेको हो।

प्रहरीले भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई हिरासतमा लिएको छ। भारत लैजाँदै गर्दा यति ठूलो परिमाणमा चरेश नियन्त्रणमा लिइएको प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिनेश अमात्यले बताए।

यसअघि पनि प्रहरीले  भारत लैजाँदै गर्दा २३५ केजी चरेश बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्