कोरोना अपडेटः विश्वभर २ लाख ५२ हजारको मृत्यु



एजेन्सी : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार ९६ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ ।

विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १६४, फ्रान्समा ३०६ र बेलायतमा २८८ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा भने १ हजार ३२४ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थितिका अनुसार कूल संक्रमित ३६,५७,७३३, निको भएका १२,०२,७३५ र कूल मृत्यु २,५२,५४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्