लागूऔषधसहित सेनाका जवान पक्राउ



काठमाडौं :  महानगरीय अपराध अनुसन्धान महाशाखाले लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका जवान एकेन्द्र शाहीलाई पक्राउ गरेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय शाहीलाई विशेष सुराकीका आधारमा प्रहरी टोलीले पक्राउ गरेको सो महाशाखाले जनाएको छ ।

शाहीसँगै कैलालीकै घोडाघोडी नगरपालिका–६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पनि पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताए । दुवै जनाको साथबाट २२ ग्राम लागूऔषध हेराइन बरामद भएको उनले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्