आगामी छनोट चरण अहिलेजस्तो सजिलो छैन: कप्तान खड्का



काठमाडौँ : आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमास्थालनमा स्वागत गरिएको छ ।

 

मलेसियामा भएको प्रतियोगितामा सिंगापुरसँगको अन्तिम खेल वर्षाले रद्द भएपछि नेपालले २०२० को विश्व ट्वान्टीको पहिलो चरण सजिलै पार गरेको छ ।

 

दोस्रो चरणको एसिया कप छनोटमा नेपाल, सिंगापुर र मलेसियासँगै यूएई, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । यसको शीर्ष २ टोली विश्व ट्वान्टी–२० छनोटमा पुग्नेछन् ।

 

नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने भने मलेसियाबाटै युएई प्रस्थान गरेका छन्। सन्दीप अफगानिस्तान प्रिमियर लिग खेल्न यूएई गएका हुन्।

 

स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्काले आगामी चरणको छनोटका लागि नेपालको अभ्यास गर्ने तयारीमा परिवर्तन हुनु पर्ने बताए। उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग भने, ' हामीले आफ्नो स्तरअनुसारको खेल्यौं। नेपालले राम्रो खेल्छ भने सबैको अपेक्षा थियो। त्यसलै टिम खेल खेल्न सफल भयौं। हाम्रा लागि आगामी चरण अझ चुनौतीपूर्ण छ। यस्तै प्रदर्शन जारी राख्न सक्नेमा आसावादी छौं। 

 

मलेसियाको कन्डिसन अनुसार खेल्यौं। कमजोर टिम भन्दैमा साढे ३ सय रन लाग्छ भन्ने होइन। उनीहरु पनि निश्चित स्तरबाट आएका छन्। धेरै वर्षदेखि क्रिकेट खेलिरहेका छन्। हामीले सकेसम्म कम स्कोरमा उनीहरुलाई समेट्न खोज्यौ। 

 

यो वर्ष राम्रो प्रदर्शन गर्न पाएकोमा खुसी लागेको छ। आगामी वर्ष हाम्रो लागि महत्वपूर्ण हुनेछ। हाम्रा लागि आगामी छनोट चरण अहिलेजस्तो सजिलो हुने छैन।' 

प्रतिक्रिया दिनुहोस्