कोरोनाविरुद्ध खोप बनाएको इटालीको दाबी



एजेन्सी : विश्वभर कोरोना भाइरसको कहर रहेको छ । हालसम्म यो भाइरसका कारण २ लाख ५८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै विश्वभर ३७ लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यो भाइरसका कारण विश्वको आर्थिकस्थिति धरासायी हुने अवस्थामा पुगेको छ । मिडिया रिपोर्टका अनुसार कोरोना भाइरस भ्याक्सिन बनाउन विश्वभरका १५० भन्दा बढी वैज्ञानिकहरु लागि परेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार इटालीका वैज्ञानिकहरुले कोरोना भाइरस भ्याक्सिन बनाएको दाबी गरेका छन् । उनीहरु कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको उनीहरुको दाबी रहेको छ ।

अरब न्युजको एक रिपोर्ट अनुसार कोरोना भाइरस भ्याक्सिन बनाउने पहिलो देश इटाली भएको छ । यो रिपोर्ट रोमको इन्फेक्सियस डिजिज स्पेलनजानी हस्पिटलमा भएको परीक्षणका आधारमा गरिएको हो ।

यो भ्याक्सिन बनाउन सुरुमा मुसामा एन्टीबडी जेनेरेट गरिएको वैज्ञानिकहरुले बताएका छन् । औषधि बनाउने ताकिज सिईओ लिग ओरिसिसियोले एक इटालीको न्युज एजेन्सीलाई भनेको छ, यो इटालीमा भ्याक्सिन परीक्षण गरिएको उम्मेदावारहरु सबैभन्दा एड्भान्स स्टेजमा रहेका थिए ।

इटालीमा हालसम्म कोरोना भाइरसबाट संक्रमित २९ हजार ३१५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा विस्तारै सफलता पाउन थालेको इटालीले भ्याक्सिन बनाउन पनि उत्तिकै तदारुकता देखाउँदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्