अभिषेकले नक्कली हिराको औंठी दिएर ऐश्वर्यासँग राखेका थिए बिहेको प्रस्ताव



एजेन्सी : अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन बलिउडका निकै चर्चित जोडीमध्येका एक हुन् । यी दुईलाई मन पराउने दर्शकको संख्या लाखौँमा रहेको छ । यस्तै आज अभिषेक र ऐश्वर्याको एनिभर्सरी पनि रहेको छ ।

एनिभर्सरीमा अभिषेक र ऐश्वर्याको पुराना कुराहरु चर्चामा आएका छन् । धेरैलाई थाहा होला ऐश्वर्या र अभिषेकले सन् २००७ मा विवाह गरेका थिए । विवाहको प्रस्ताव भने अभिषेकले नै ऐश्वर्यालाई राखेका थिए ।

गज्जबको कुरा त के छ भने अभिषेकले नक्कली हिराको औठीका साथ ऐश्वर्यालाई प्रपोज गरेका थिए । अभिषेकले एक अन्तर्वार्तामा बताएका छन् कि, न्युयोर्कमा शूटिङ चलिरहेको थियो, त्यतिबेला अभिषेकले सोचेका थिए, बिहे गरेर दुवै एकसाथ भयो भने कति राम्रो हुन्थ्यो ।

‘त्यसको केही समयपछि हामी फिल्म गुरुको प्रिमियरका बेला एकसाथ भयौं, त्यतिबेला मैले ऐश्वर्यालाई बाल्कोनीमा लगें र सोधें, मसँग बिहे गर्छौ ?,’ अभिषेकले भनेका छन् ।

ऐश्वर्याले पनि सायद कहि न कहि अभिषेकलाई मन पराउथिन् । त्यसैले उनलाई अभिषेकको प्रेम सच्चा लाग्यो र उनले अभिषेकको प्रस्ताव स्वीकार गरिन् । अहिले यी दुई हाँसीखुसी जीवन बिताइरहेका छन् । यी दुईकी एक छोरी पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्