प्रहरी कार्यालयभित्रै गाेली पड्किदा एक जना घाइते



काठमाडौँ : जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

 

अर्का सिपाहीको जिम्मामा रहेको हतियार बुझ्ने क्रममा अचानक पड्कँदा प्रहरी जवान नारायण थारु घाइते भएका हुन् । उनको बाँया खुट्टाको चोरी औँलामा गोली लागेको छ । घाइते थारुलाई उपचारका लागि जिल्ला अस्पताल रेउघामा पठाईएको प्रहरीले जनाएको छ ।

 

१८ असोजमा दंगा नियन्त्रिण प्रहरी गण रुपन्देहीबाट प्रहरी नायव निरीक्षक लौटन थारुको कमाण्डमा ११ जना थप मद्दत खटी आएको प्रहरी टोली शनिबार विहान रुपन्देही फर्कने क्रममा घटना भएको हो ।

 

जिन्सी शाखामा हतियार बुझ्दै गर्दा कार्यरत प्रहरी हवल्दार खगेन्द्र सुनारले चेकजाँच गरी दंगा नियन्त्रण प्रहरी गण रुपन्देही दरबन्दी भएका थारुले हतियार बुझबुझारथ गर्दै थिए ।

 

हतियार बुझबुझारथ गर्ने क्रममा अचानक टाईप ५४ को चालू हालतमा रहेको पेस्तोल पड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्