पछिल्लो समय देखिएका किम नभई उनी जस्तै देखिने अर्कै व्यक्ति भएको दाबी



एजेन्सी : उत्तर कोरियाका तानाशाह शासक किम जोङ उनको स्वास्थ्यको बारेमा अड्कलबाजी चलिरहेको समयमा उनी २० दिनपछि एउटा कार्यक्रममा देखिएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर भएको र कतिपय समाचारमा उनको मृत्यु समेत भइसकेको अफवाहकाबीच उनी २० दिनपछि सञ्चारमाध्यममा देखिए । तर, सञ्चारमाध्यममा उनको तस्बिर मात्रै देखिएको थियो । यसैबीच, सामाजिक सञ्जालमा भने उक्त तस्बिरमा किम नभई किम जस्तै देखिने अर्को व्यक्ति देखाइएको बहस चल्न सुरु भएको छ ।

जो व्यक्ति सबैको अगाडि देखाइएको छ उक्त व्यक्ति किम नभएको र किमजस्तै देखिने अर्कै व्यक्ति भएको दाबी गर्न थालिएको छ । यो दाबीमा ब्रिटेनका सांसद लुइजी मेन्श पनि सहभागी छन् । उनले किमको पुरानो र नयाँ तस्बिर शेयर गर्दै फरक समेत छुट्याएका छन् ।

दुवै तस्बिरमा किमको दाँत फरक फरक देखिएको छ । फोटोमा फरक देखाएर नक्कली किम भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्