जब अक्षयले धोका दिएपछि डिप्रेशनको शिकार भइन् शिल्पा…



एजेन्सी : अक्षय कुमार र शिल्पा सेट्टीको रोमान्सको कुनै समय मिडियामा ठुलै चर्चा हुने गथ्र्यो । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो । कारण टिवइकल खन्ना अक्षय कुमारको जीवनमा आउनु ।

केही वर्षको अफयेर पश्चात उनीहरुले विवाह गरे । रविना टण्डनसँग अफयेर चलेको बखत अक्षयको जीवनमा शिल्पा आएकी थिइन् । त्यस समय अक्षयको फिल्महरुले खासै राम्रो व्यापार पनि गरेका थिएनन् । रविनासँगको ब्रेकअप पश्चात शिल्पासँग उनले केही समय अफयेर चलाएका थिए ।

तर, टिवइकलसँग विवाह गरेपछि शिल्पा डिप्रेशनमा समेत गएको मिडिया रिपोर्टमा उल्लेख भएको थियो ।

शिल्पाले एक अन्तर्वार्तामा अक्षय कुमारले आफ्नो प्रयोग गरेको बताएकी थिइन् । राज कुन्द्रासँग विवाह गरेकी शिल्पाले त्यस घटना पश्चात अक्षयसँग कहिल्यै काम गर्न मानिनन् ।

उनले उक्त अन्तर्वार्तामा भनेकी थिइन्,‘जब मलाई मेरै मानिसले धोका दियो तब म टिवइकलसँग रिसाउनुको कुनै अर्थ छैन । उसले मलाई प्रयोग गर्यो र छोड्यो ।’

प्रतिक्रिया दिनुहोस्