काठमाडौंमा बसको ठक्करले एक जनाको मृत्यु



काठमाडौं: सिनामंगलमा आज बिहान बसले ठक्कर दिँदा एक पैदलयात्रुको जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामंगल बस्ने गरेका पदमबहादुर कार्कीको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाण्डौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्