उदयपुरको भुल्केका ८ जना एकै दिन कोरोनामुक्त



उदयपुर : उदयपुरका ८ जना कोरोना संक्रमित एकैदिन कोरोनामुक्त भएका छन् ।

बिहीबार उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका हुन् ।

उनीहरु विराटनगरको कोसी अस्पतालमा उपचारपछि निको भएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार उनीहरु ८ जनालाई भोलि बिहान डिस्चार्ज गरिने भएको छ ।

निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ।

यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए।

संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ। उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए। जसमा १५ जना निको भएका छन्। थप १३ जना अस्पतालमै छन्।

उनीहरूसँगै झापाका दुई जना र भोजपुरका एक जना संक्रमित पनि कोसी अस्पतालमै छन्।

प्रतिक्रिया दिनुहोस्