किसानको खेतमा सांसद दिलिप साह



सिरहा : करोनाभाइरसको मध्य नजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण स्थानीय किसानहरु मारमा परेको बखत प्रदेश २ का संसद दिलिप साहले किसानको समस्या बुझ्न किसानको खेतखेतमा पगेका छन् ।

किसानका पीडा बुझ्दै संसद साहले भनेविश्वव्यापी महामारी कोरोनाको कारणले मानव जगत नै संकटमा परेको अवस्था छ । सरकारले जारी गरेको लकडाउनका कारणले सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफुल र तरकारी खेती गर्दै आएको किसानको लाखौंको लागत समेत डुब्ने खतरामा रहेको छ । सिरहा जिल्लाका कमला नदीसँग जोडीएका विभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा विभिन्न प्रकारका फलफुल तथा तरकारी खेती गर्दै आएका छन् । कर्जन्हा, कल्याणपुर, सिराहा नगरपालिका लगायतका किसानहरु हजारौं बिगहामा लगाएका तरबुज र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार व्यवस्थापन नभएर खेतमै कुहिने अबास्था सिजृना हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।

तारबुजा, काँक्रो, करेला लगायतका काठमाडौं र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष बिक्रि गर्न नसकेको कारण तिन महिना देखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ । कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा भइरहेको तारबुजा र काँक्रोको खेती नष्ट हुने स्थितिमा छ । किसानहरुको लगानी डुब्ने तथा श्रणको भारी बोक्नु पर्ने अवस्था छ । तसर्थ, संघीय सरकार, प्रदेश २ सरकार लगायत सम्बन्धित सबै निकायसँग समयमै बजार व्यवस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन संसद साहले जोडदार माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्