काठमाडौ । नेपालविद्यार्थी संघ पोखरा विश्वविद्यालयकेन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालयअन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालयर सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको आरोप लगाएको छ।
‘विश्वविद्यालय सुधार अभियान’ विषयक पत्रकार सम्मेलनकाे अायाेजना गरी समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पुरा नगरी एकोहोरो नाफामात्र उद्देश्य राखीक्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामाव्यापारीकरण भएको उनीहरुको आरोप छ ।
कार्यक्रममाबोल्दै नेपालविद्यार्थी संघ केन्द्रिय सदस्यतथापोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति संयोजकनवराज त्रिपाठीले विश्वविद्यालयबाट सम्बन्धनप्राप्तकलेजहरुले न्यूनतम मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको दाबी गरे ।
उनले भने,‘लगभग ५८ ओटा पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्तकलेजहरु लगायतयसको आंगिककलेजले आवश्यकन्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन् । शिक्षक, जमिन,ल्याबलगायतकाअन्यबिषयहरुमाहामीले अनुसन्धानगर्यौैँ, तर एउटापनि कलेजहरुले नियमको पालना गरेको पाएनौँ ।’
त्रिपाठीले अघि थपे,‘एउटै विश्वविद्यालयकोक्याम्पसमाभर्ना हुन समेत फरक मापदण्ड छ । यसले विश्वविद्यालयको परिभाषानै मिचेको छ । विश्वविद्यालयभनेको ज्ञानलाई उब्जाउगर्ने ठाँउ हो । तर अहिले यसलाई पैसा कमाउने भाँडो बनाएका छन् । यो दुःखद् पक्षहो।’
त्यसैगरि कार्यक्रममाबोल्दै नेपालविद्यार्थी संघ केन्द्रिय सदस्यतथापोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिउप–संयोजक सुदर्शन कुमार पौडेलले अहिलेको शिक्षानितीमाअन्यौलताभएको बताए । उनले भने,‘क्याम्पसहरुले विद्यमाननियमपालनानगरि सञ्चालनगर्नाले कस्तो र कुन स्तरको जनशक्तिउत्पादनहोला?तसर्थ शैक्षिक क्षेत्रमाव्याप्त समस्याहरुको निराकरणको लागिध्यान दिनुपर्छ ।’
विश्वविद्यालयको यस्तो लापरबाहीलाई मध्येनजर गर्दै अनुसन्धानको आधारमा समितीले रिपोर्टतयार पारेको बताउँदै समितिले एकद्धार प्रवेश परिक्षाको व्यवस्थाको पनिमाग गरेको छ । त्यस्तै विद्यार्थीको अनुसन्धनात्मक, प्राज्ञिक र अन्वेषणात्मक कामको लागि रिसर्च तथा डेभलपमेन्ट फण्डको पनिउनीहरुले माग गरेका छन् ।
त्यसैगरि उनीहरुले विद्यार्थीको जायजमागहरु सम्बोधनगर्न क्याम्पसमा स्ववियूनिर्वाचनगनुपर्ने तथाविद्यार्थीको सुविधाको लागि काठमाडौ, बुटवल, चितवन र दाङमाविश्वविद्यालयको सम्र्पक कार्यालय स्थापनागर्न समेत माग राखेका छन् र यसको लागिआन्दोलनकाकार्यक्रमहरु तय गरेका छन् ।
उनीहरुले अघि सारेकाकार्यक्रमअन्र्तगतयही साउन २४ गते विश्वविद्यालयका सबै क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने, २६ गतेबाट धर्ना लगायतकाबिरोध कार्यक्रम र हरेक क्याम्पस प्राङगणमा क्याम्पसको अनियमितकार्यहरुको भण्डाफोर गर्ने रहेको छ ।
समितिले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ
आदरणीयपत्रकार मित्रहरु,
स्थापनाकालदेखि नै नेपालविद्यार्थी संघ शैक्षिक क्षेत्रमाव्यापक सुधार तथाआधुनिकिकरण साथै देशमा सुदृढ लोकतान्त्रिकव्यवस्थाको निम्तिबुलन्दआवाज उठाउँदै आएको सर्वविदितै छ । भविष्यमा देशको शैक्षिक क्षेत्रबाट उत्पादितअब्बलजनशक्तिले नै देशको समृद्धिको बाटो तय गर्ने भएकाले, देशमा रहेका शैक्षिक क्षेत्रमाव्याप्त समस्याहरुको निरकरणका निम्ति जस्तोसुकै कदम उठाउनु ने.वि. संघको दायित्वहो ।
शिक्षाजस्तो पवित्र क्षेत्रमाविश्वविद्यालय, सम्बन्धितकाउन्सिललगायतको नियम, मापदण्ड पालनानगरी एकोहोरो मुनाफामात्र उद्देश्य राखीक्याम्पसहरु संचालनहुनु आफैमादुर्भाग्यपूर्ण र लज्जास्पदकार्य हो । नेपालविद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले आफ्नो अनुसन्धनात्मक कामहरुबाट प्राप्त प्रमाणलाई आत्मसाथगर्दै पोखरा विश्वविद्यालयको आङ्गिकतथा सम्बन्धनप्राप्त सम्पूर्ण कलेजहरु मापदण्डअनुरुप सञ्चालनहुनुपर्ने ठहर गरेको छ । एउटै विश्वविद्यालयकाक्याम्पसमाभर्ना हुन समेत फरक मापदण्ड कायमहुनुले विश्वविद्यालयको परिभाषालाई नै मिचेको हाम्रो ठहर छ । अतः समग्र विद्यार्थीको अधिकार रक्षार्थ र गुणस्तरीय शिक्षाकायमगर्न ने.वि.संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिकतथा सम्बन्धनप्राप्तक्याम्पसहरुमानिम्नमागहरु राखेको छ ।
१.एकद्धार प्रवेश परिक्षा ः–
विश्वविद्यालयकाक्याम्पस र टे«निङ्ग इन्स्टिच्युट बिचमाभिन्नता रहनु पर्छ । हालपोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्तक्याम्पसहरुमाभर्ना हुनउक्तक्याम्पसमा छुट्टै प्रवेश परिक्षालिने, प्रवेश परिक्षाशुल्कजथाभावीलिने व्यवस्था छ । एउटै विश्वविद्यालयको क्याम्पसमाअध्ययनगर्न फरक–फरक मापदण्डको प्रवेश परिक्षादिनुपर्ने, क्याम्पसै पिच्छे दस्तुर तिरी प्रवेश
परिक्षादिनुपर्ने प्रणाली विश्वविद्यालयको परिभाषाभित्रनपर्ने ने.वि.संघको ठहर छ । अतः संकायअनुसारको एकरुपताकायमगर्न, गुणस्तर बढाउन र मेरिट प्रणालीलाई स्थापितगर्न पोखरा विश्वविद्यालयकाआंगिकतथा सम्बन्धनप्राप्तकलेजहरुको लागिविश्वविद्यालयले एकै पटक प्रवेश परिक्षा संचालनगर्नुपर्ने ।
२.पोखरा विश्वविद्यालयअन्तर्गतकाक्याम्पसहरुले विश्वविद्यालय र सम्बन्धितकाउन्सिलको मापदण्ड पुरा गर्नुपर्ने ।पोखरा विश्वविद्यालयअन्तर्गत संचालनमा रहेकाअधिकांशक्याम्पसहरु विश्वविद्यालयर सम्बन्धितकाउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका छन् । क्याम्पस संचालनपूर्व विश्वविद्यालय र सम्बन्धितकाउन्सिलले तोकेको न्यूनतम मापदण्ड समेत पुरा नगर्नु दण्डनीय कार्य हो । कागजमा मापदण्ड पुरा गर्ने तर व्यवहारमा पुरा नगर्ने, सम्बन्धितनिकायले अनुगमनलाई देखावटी कामको रुपमामात्रलिने प्रवृत्तिले विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तरमा असर परेको हाम्रो ठहर छ । अतः सबै क्याम्पसहरुलाई तुरुन्तआफ्नो न्यूनतम मापदण्ड पुरा गर्न ने.वि. संघ जोडदार मागगर्दछ ।
३.रिसर्च एण्ड डेभलपमेन्ट फण्ड ः
विश्वविद्यालयभनेको शिक्षाउत्पादनगर्ने थलो हो तर नेपालमाआयातितशिक्षालाई मात्रप्राथमिकतादिँदै आइएको छ । विद्यार्थीको अनुसन्धानमूलक, प्राज्ञिक र अन्वेषणमुलक काममा सहयोग पु¥याएमादक्षजनशक्तिको उत्पादनमा ठोस सहयोग पुग्ने हाम्रो ठहर छ । अतःपोखरा विश्वविद्यालयआंगिकक्याम्पसले आफ्नो कुल बजेटको ५% र सम्बन्धनप्राप्तक्याम्पसहरुले आफ्नो वार्षिक कुलआयको ५% रकम“रिसर्च एण्ड डेभलपमेन्ट युनिट” स्थापनागरि विनियोजन गर्नुपर्ने ।
४.विश्वविद्यालयका सम्पूर्ण सम्बन्धनप्राप्तक्याम्पसमा स्व.वि.यु. निर्वाचनगरिनुपर्ने ।
विद्यार्थीको जायजमागहरु सम्बोधन गराउनअतिरिक्तक्रियाकलापगर्न, व्यवस्थापन र विद्यार्थी बीच सम्बन्ध सेतु कायमगर्न सिर्जनात्मकप्रयोगको लागितत्काल स्व.वि.यु. निर्वाचनको प्रकृया आरम्भ गरि निर्वाचन सम्पन्नगर्नुपर्ने ।
५.सम्पर्क कार्यालय स्थापना ः
पोखरा विश्वविद्यालयअन्तर्गत देशकाविभिन्न स्थानमाक्याम्पसहरु संचालनमा रहेको अवस्थामाविश्वविद्यालयले काठमाण्डौमा रहेको सम्पर्क कार्यालय समेत हालै बन्द गरेकोले विद्यार्थीलाई पर्न गएको असुविधाप्रति ने.वि. संघको गम्भिर ध्यानाकर्षण भएको छ । अधिकांशक्याम्पस कास्कीभन्दाबाहिरी जिल्लामा संचालनमा रहेकोले काठमाण्डौ, बुटवल, चितवन, दाङ्गमाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापनागर्न जोडदार मागगर्दछ ।