तीन नेपाली तेक्वान्दो खेलाडी युरोपियन पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा



काठमाडौं : पहिलो अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियसिपमा ३ नेपाली खेलाडीहरु सेमिफाइनलमा प्रवेश गरेका छन्।

जसमा ३० वर्ष मुनीको उमेर समूहमा समुहका १३ औं सागका पदकधारी खेलाडीहरु कमल श्रेष्ठ, जित वहादुर बोटे र प्रेम वहादुर लिम्बु सेमिफाइनलमा प्रवेश गरेका हुन्।

च्याम्पियसिपमा ५ जना नेपाली खेलाडीहरु सहभागि भएका छन्। जसमध्ये नेपालबाट सहभागी २ खेलाडी बाहिरिएका छन्।

प्रतियोगितामा ७२ देशका ७७ खेलाडीको सहभागिता रहेको छ। ४ मे बाट शुरु भएको प्रतियोगिता १० मे मा सकिनेछ।

प्रतिक्रिया दिनुहोस्