कांग्रेस सभापति देउवा पुगे बास्तोलाकाे स्वास्थ्य अवस्था बुझ्न सातदोबाटो



काठमाडौं : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था बुझ्न सातदोबाटोस्थित  बास्तोलाको घरमा पुगेका छन्।

 

सभापति देउवालगायत उनलाई भेट्न उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का रमेश लेखकलगायतका  नेताहरू उनको निवास पुगेका हुन्। 

 

 नाजुक अवस्थामा रहेका वास्तोलाई भेटेपछि महामन्त्री शशांक कोइरालाले अरू वेला उनको आँखा र मुख चलेको देखिने गरेको भए पनि आज आखा र मुख दुवै नचलेको अवस्था रहेको बताए। उपसभापति विमलेन्द्र निधिले चिकित्कसकहरूले दएको जानकारीअनुसार बास्तोलाको चेस्टमा मात्र अक्सिजन चलेको सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्