इरानमा भूकम्प, १ जनाको मृत्यु



एजेन्सी : इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको बताए।

अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार राजधानी तेहरानको उत्तरतर्फको डामावन्दलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको थियो ।

जनधनको क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई परिचालन गरिएको इरानी गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्