सूर्यको चमक हराउँदै, अनिष्ट आउनु पूर्वको संकेत हुनसक्ने वैज्ञानिकको अनुमान



एजेन्सी : वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई सबैभन्दा बढी ऊर्जा दिने सूर्य विस्तारै कम चम्किन थालेको छ । उसको चमकमा कमी आएको वैज्ञानिकहरुले बताएका छन् ।

सूर्य आकाशगंगामा अन्य ताराहरूको तुलनामा धेरै नै कमजोर भएको उनीहरुको दाबी रहेको छ । अब वैज्ञानिकहरू भने यसको कारण खोजीरहेका छन् ।

सूर्य पृथ्वीको एक मात्र उर्जा स्रोत हो। तर पछिल्लो ९००० वर्षदेखि यो निरन्तर कमजोर हुँदै गइरहेको छ। यसको चमक घट्दैछ। यो जर्मनीको म्याक्स प्लैंक संस्थानका अन्तरिक्ष वैज्ञानिकहरूले दाबी गरेका हुन्।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट डाटा अध्ययन गरेर म्याक्स प्लान्क संस्थानका वैज्ञानिकहरूले यो कुरा खुलाएका हुन्। वैज्ञानिकहरूले भनेका छन् कि हाम्रो आकाशगंगामा सूर्य जस्ता अन्य ताराहरूको तुलनामा, सूर्यको चमक विलुप्त हुँदैछ।

वैज्ञानिकहरु सुर्यमा आएको यो परिवर्तनका कारण आश्चर्यचकित रहेका छन् । यो कुनै आँधी वा अनिष्ट आउनु पुर्वको संकेत हुनसक्ने उनीहरुको अनुमान रहेको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीलाई उर्जा दिइरहेको सुर्यको तुलना अन्य २५०० वटा ताराहरुसँग गरिएको थियो । तर, सुर्यको चमकमा आएको कमीले आफुहरु आश्चर्यचकितमा परेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्