कोरोना रोकथामका लागि रुपन्देही फुटबल संघको आर्थिक सहयोग



काठमाडौं : रुपन्देही जिल्ला फुटबल संघले कोरोना भाईरस रोकथामका लागि १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला फुटबल संघले बुटवल उप–महानगरपालिकालाई आर्थिक सहयोग गरेको हो ।

जिल्ला फुटबल संघका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले उपमहानगरका मेयर शिब सुबेदीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्