आँखाबाट कोरोना भाइरस फैलने खतरा सबैभन्दा धेरै : अध्ययन



एजेन्सी : पूरै विश्व कोरोना भाइरसको संकटबाट गुज्रिरहेको बेला हङकङ विश्वविद्यालयले आँखाको माध्यमबाट कोरोना भाइरस सबैभन्दा छिट्टो फैलने खतरा भएको पत्ता लगाएको छ ।

विश्वविद्यालयले सार्सको तुलनामा कोरोना भाइरस आँखाबाट १ सय प्रतिशतभन्दा बढी संक्रमित हुने खतरा भएको दाबी गरेको छ ।

हङकङ विश्वविद्यालयमा स्कुल अफ पब्लिक हेल्थका डाक्टर माइकल चान ची–वाईको नेतृत्वको अध्ययन टोलीले संसारभरी शरीरको दुई स्थानबाट कोरोना प्रवेश गर्ने बताएका छन् ।

अनुसन्धानकर्ताहरुले गरेको यो रिपोर्ट ‘द लन्स रेस्पिरेटरी मेडिसिन’ मा प्रकाशित भएको छ । डाक्टर माइकल चानले भनेका छन्, हामीले हाम्रो अनुसन्धानबाट SARS-Cov-2 मानिसको आँखा र हावाबाट सार्सको तुलनामा संक्रमित गर्ने सम्भावना निकै धेरै हुन्छ । यसमा भाइरसको स्तर लगभग ८० देखि १०० गुणा बढी हुन्छ ।

त्यसैले कोरोना भाइरसको संक्रमणबाट बच्न आँखा नछुन र नियमित रुपमा हात धुन सल्लाह दिइएको छ । विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस स्टेनलेस स्टील र प्लास्टिकमा सात दिनसम्म जिवित रहने बताएका छन् ।

डा.चान भन्छन्, कोभिड–१९ को महामारी हङकङमा स्थिर छ । तर विश्वका कतिपय देशहरुमा अहिलेपनि अवस्था गम्भीर भएकाले बचाउका उपायहरु अपनाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्